अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 09:54

अमेरिकी सहयोग सामाग्री बोकेका लरीलाई भेनेजुएला प्रवेशमा रोक

बिआरटीनेपाल २०७५ माघ २५ गते ३:५२ मा प्रकाशित

अमेरिकी सहयोग सामाग्री बोकेका लरीलाई भेनेजुएला प्रवेशमा रोक लगाईएको छ । अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् । अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा पु¥याएका हुन् । तर, भेनेजुएलाका अधिकारीहरुले अमेरिकाले पठाएको मानवीय सहायता अस्वीकार गर्दै ती लरीलाई सीमा क्षेत्रमै रोकिदिएका छन् ।

अमेरिकी सहायता सामाग्री बोकेका लरी प्रवेश गर्न नसकून् भन्ने उद्देश्यले मुख्य मार्गमा सेनाले कन्टेनर राखेर सडक अवरोध गरेको अन्तर्रािष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् । ठूलो मात्रामा मानवीय सहायता बोकेका लरीहरु अहिले सीमा क्षेत्रमै रोकेर राखिएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस् मादुरोले अमेरिकी सहायता अस्वीकार गर्ने घोषणा गरेपछि ती सामग्री सीमामै रोकिएको हो ।

सीमामा पु¥याइएको मानवीय सहायता कसरी वितरण गर्ने भन्नेमा अन्योल छ । भेनेजुएलाको सेनाले समेत समर्थन गरिरहेका राष्ट्रपति मादुरोले सहयोग अस्वीकार गर्ने घोषणा गरेपछि सामग्री वितरण गर्नेमा अन्योल देखिएको हो । अमेरिकाले भने विपक्षी नेता तथा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुँवा गुइडोको आग्रहअनुसार नै सहायता उपलब्ध गराएको जनाएको छ । विपक्षी नेता गुइडोले भेनेजुएलाका कयौं नागरिकको अवस्था दयनीय भएकाले अन्तर्रा्ष्ट्रिय सहयोगको आह्वान गर्नुभएको थियो । आफूलाई अन्तरिम राष्ट्रपतिमा घोषणा गरेका गुइडोलाई अमेरिकासहित ४० भन्दा बढी देशको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू