अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 12:15

मोदी सरकारविरूद्ध भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी धर्नामा

बिआरटीनेपाल २०७५ माघ २१ गते ४:४२ मा प्रकाशित

भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी मोदी सरकारबिरुद्ध धर्नामा बस्नुभएको छ । आफ्नो प्रदेशका प्रहरी आयुक्तलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले सोधपुछ गर्न खोजेको विरोधमा उहाँ धर्नामा बस्नुभएको हो । चिट फन्ड घोटालाको अनुसन्धानका क्रममा सिबिआईले कलकत्ता प्रहरीका आयुक्त राजीवकुमारलाई प्रमाण नष्ट गरेको आरोप लगाएको छ ।

आइतबार साँझ सिबिआई टोली सोधपुछ गर्न राजीवकुमारको घर गएको थियो। तर त्यहाँ तैनाथ पश्चिम बंगाल प्रहरीले सिबिआईको टोलीलाई अवरोध गरे। उनीहरूलाई गाडीमा राखेर प्रहरी चौकी र्पुयाए। पक्राउ पुर्जी्बिना नै सिबिआई टोली आएको प्रहरीको तर्क छ।

सिबिआई टोलीलाई चौकी लगेलगत्तै मुख्यमन्त्री बेनर्जी पनि आयुक्तको घरमा पुग्नुभएको थियो । त्यहाँ उहाँले अधिकारीहरूसँग छलफल गरिन्। छलफलपछि पत्रकारसँग कुरा गर्दै सिबिआईको यो कदम भारतको संघीय ढाँचाविरूद्ध भएको प्रतिक्रिया दिनुभएको थियो । हिजै राति बेनर्जीले कलकत्ताको धर्मतल्लामा केन्द्र सरकारविरूद्ध धर्ना सुरू गर्नुभएको थियो । उहाँको धर्नाका लागि राति नै मञ्च बनाइएको थियो।

सोमबार विधान सभामा प्रदेशको बजेट पेस गर्ने कार्यक्रम छ । बजेट पेस हुनुभन्दा पहिला मन्त्रिपरिषद् बैठक बस्नुपर्छ। ममताको धर्नास्थलमै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ। सभामा बजेट पेस हुने बेलामा पनि मुख्यमन्त्री बेनर्जी धर्नास्थलमै हुनेछन्। कलकत्ता प्रहरीले अनुसन्धानमा अवरोध गरेको भन्दै सिबिआईले सोमबार सर्वोच्च अदालतमा रिट हालेको छ। अदालतले रिटको सुनुवाइ मंगलबार गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू