अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 09:45

अफगानिस्तानः सुनखानीमा दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:५१ मा प्रकाशित

अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा रहेको एक सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अफगान अधिकारीहरुले जनाए अनुसार स्थानिय बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु ७ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय गाउँलेहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरु भित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

खानीमा काम गर्नेहरु व्यावसायिक व्यक्तिहरु नभएको बताईएको छ ।स्थानीय गाउँलेहरु खानीको व्यवसायमा दशकौंदेखि संलग्न रहेको र तिनीहरुमा सरकारको कुनै पनि नियन्त्रण नरहेको अधिकारीहरुले जनाएका छन् । घटना लगत्तै सरकारले गाउँमा उद्धार टोली पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू