अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 12:43

सुडानमा मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:४८ मा प्रकाशित

सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ । राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आगजनीसमेत गरेका छन् ।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गरेको छ । सोही क्रममा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सुडानमा पछिल्लो समय उपभोग्य बस्तुको मूल्य ७० प्रतिशतले बढेपछि त्यहाँका जनता मूल्यवृद्धि घटाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका विपक्षी पार्टीका नेता कार्यकर्तालगायत विभिन्न संघसंस्थामा आबद्ध भएकाहरु संलग्न छन् । सुडानको विपक्षी पार्टी उम्माका नेता सदिक अल मादीले राष्ट्रपति ओमार अल बसिरले जनताका माग सम्बोधन गर्नुपर्ने बेलामा प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले जनताले उठाएका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । गत बुधबारदेखि जारी प्रदर्शनमा हालसम्म २० जनाको मृत्यु भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू