अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 08:59

रेलले विद्यायल बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७५ वैशाख १३ गते १२:०५ मा प्रकाशित

नयाँदिल्ली, भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरू सात जना घाइते भएका छन् ।  रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाउँमा दुर्घटना भएको हो ।  “आज बिहान तीव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेका मध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ, अरू सात जना गम्भीर घाइते भएका छन्,” वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले सिन्हवासँग भन्नुभयो ।  उहाँले थप्नुभयो, “घाइते बालबालिकाहरूलाई तत्काल अस्पताल पु¥र्याइएको थियो, केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको छ ।”

दुर्घटनामा परेका बालबालिकाहरू अधिकांश दश वर्ष मुनिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूले थावेदेखि कम्पतागञ्ज सडक खण्डमा चलेको रेलले बसलाई ठक्कर दिएको बताएका छन् ।  ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जाँदै गरेको थियो । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले घटनामा पीडित बालबालिकाहरूलाई केही राहत रकम दिने घोषणा गर्नु भएको छ ।

अधिकारीहरूले घटनाका बारेमा छनविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएसकेको जनाएका छन् ।  यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू