अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८
| Colorodo: 10:03
नायिका प्रियङ्का कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरूलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा नियुक्त गरेको हो । अभियानताको रूपमा नियुक्त भएका उनीहरूले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरू गनुपर्नेछ ।
मन्त्रालयले उनीहरूलाई एकवर्षको नियुक्ति दिएको हो । केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियङ्का र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा आफूलाई पाउँदा एकदमै खुसी लागेको बताए । साथै उनीहरूले आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।