अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

भ्यालेन्टाइन्स डे’ को रात फिदिममा गुन्जिए दीपक बज्राचार्य

बिआरटीनेपाल २०८१ फागुन ४ गते १९:४२ मा प्रकाशित

पाँचथर, गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो साङ्गीतिक प्रस्तुति दिएको छ ।

आयोजकले तालिका भन्दा २ घण्टा पछि मात्रै करिब राति १० बजे बज्राचार्यलाई स्टेजमा निमन्त्रणा गरेको थियो पहाडको चिसो हावा रात छिपिद्दै गइरहेको थियो तर पनि पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका दर्शक बज्राचार्यको प्रस्तुति सुन्न कुरिरहेका थिए । स्टेज उक्लिनासाथ वाद्यवादन, प्राविधिक चेकजाँच सँगै इन्जिनियरले आवाजको गुणस्तर सुनेर तारतम्य मिलेपछि बज्राचार्यले उपस्थित दर्शकलाई ज्याकेट फुकाउँदै छोटो सम्बोधन गर्दै साङ्गीतिक प्रस्तुति दिन थाले।

‘‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको ब्यान्डले तेस्रो प्रस्तुति ‘काँचो माया पियारी’ गीत सुरु गर्ने बित्तिकै स्टेजमुनि रहेका दर्शक उत्साहित बनिसकेका थिए । स्टेजमा धिमे बाजा र लाखे सहितको प्रस्तुति दिएको बज्राचार्य र उनको टिमले मध्यरातसम्म २ घण्टासम्म निरन्तर प्रस्तुति दियो । रिदम ब्यान्डसहित पहिलो पटक पाँचथर आएका बज्राचार्यले स्टेजमा ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली’ हुँदै ‘कसले देला धन’सहित नयाँ,पुराना एक दर्जन गीत गाए । मध्यरातसम्म गीत गाउँदा नाचेका अधिकांश पसिनाले निथ्रुक्कै भिजिसकेका थिए तर समयको कुनै प्रवाह थिएन । प्रणय दिवसको अवसरमा बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा–युवती भेला भएका थिए ।

फिदिमका सक्रिय युवाहरूले स्थापना गरेको सामाजिक संस्था ‘हेल्प टुगेदर फाउन्डेसन’ को आयोजनामा बज्राचार्य र उनको ब्याण्ड रिदम पाँचगरमा पहिलो पटक प्रस्तुति दिएन आएको हो । कन्सर्टमा समावेश गरिएका नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाच आदीले आफ्नो मन खिचेको दर्शकले बताए । युवा पुस्तामाझ बढ्दो लागू पदार्थ दुर्व्यसन न्यूनीकरणसँगै गीत र सङ्गीतका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन यो कार्यक्रम आयोजक आयोजक हेल्प टुगेदर फाउन्डेसनले जनाएको छ ।

बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा युवती भेला भएका थिए । सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट कोही जोडी कसेर, कोही हुल बाँधेर त कोही गाडी नै रिजर्भ गरेर आएका प्रशंसकहरूले बज्राचार्यको लाइभ कन्सर्ट उत्साह साथ हेरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू