अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 22:00

मिसेस् हिमालयन नेपाल २०१९ को उपाधि गङ्गालाई (फोटो फिचर)

बिआरटीनेपाल २०७५ पुष २१ गते १०:०३ मा प्रकाशित

काठमाडौँ, पुस – छैटौँ संस्करणको ‘मिसेस् हिमालयन नेपाल –२०१९’ को उपाधि गङ्गा शर्माले जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे, भिजे, कोरियोग्राफर तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिँदै उनले उपाधि चुमेकी हुन् । 

जमल स्थित राष्ट्रिय नाचघरमा गत बिहीबार भएको फाइनल प्रतियोगितामा गङ्गाले ‘मिसेस् हिमालयन –२०१९’को उपाधि सँगै विभिन्न गिफ्ट ह्याम्पर जितिन, त्यस्तै रेखा बलामीले फस्ट रनरअपको ताज चुम्न सफल भइन भने सेकेन्ड रनरअपको उपाधि कविता लामाले जितिन । विजेताहरूलाई ट्रफी तथा विभिन्न गिफ्टह्याम्परहरु प्रदान गरिएको थियो । 

विवाहित महिलाहरूको क्षमता अभिवृद्धि, सामाजिक काममा अग्रसर गराउने र आन्तरिक कला अभिवृद्धि तथा प्रफ़ुस्टन गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य सब–टाइटल विजेताहरूमा बेस्ट ट्यालेन्ट विजेता विमला पाइजा, बेस्ट फोटोजेनिकमा कविता थापा डङ्गोल, बेस्ट स्माईल रेखा बलामी, बेस्ट पर्सानालिटी गङ्गा खड्का, बेस्ट स्किन भुमिसरा पाण्डे, मस्ट चार्मिङ-मिजिला महर्जन, मस्ट एक्टिभ कविता लामा, बेस्ट कम्प्लेक्सन हिरा लामा, मस्ट स्मार्ट-चाँदनी गुरुङ, बेस्ट डिसिप्लिन- गङ्गा शर्मा, मस्ट अट्राक्टिभ पवित्र छन्त्याल, मस्ट पंचल रुपा महर्जन, बेस्ट ड्रेस गङ्गा खड्का छेत्री भए भने मस्ट पपुलरको ताज पवित्र छन्त्यालले हात पारिन् । 

अन्तिम प्रतिस्पर्धाको निर्णायकहरूमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता विनय श्रेष्ठ, नायिका मारिस्का पोखरेल, मिस इको ईन्टरनेसनल विजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनर अप बैभभ उपाध्याय रहेका थिए । चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुति मार्फत दर्शकहरूलाई मनोरञ्जन दिइएको थियो । 

तस्बिर: कुवेर तामाङ, सगुन शाक्य

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू