अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 03:20

गायक मिलन लामा किन मागे माओवादी अध्यक्ष प्रचण्डसँग टिकट

राजेन्द्र आचार्य, चितवन २०७४ चैत ३० गते १३:३५ मा प्रकाशित

प्राय मिलन लामाको प्रस्तुति आउने बित्तिकै तातिने माहौल पश्चिमको गुञ्जनगरमा भने निकै फरक खालको दृश्य देखिएको छ । गायक मिलन लामा आए स्टेज । ताली बज्यो । गायक लामाले यस्तो गीतमा गाउन सुरु गरे

“मरेपछि थाहा छैन कहाँ कहाँ जान्छ, ए आमा थाहा पाउनु भएको छ । सबै जना मिलेर बस्छौँ ।”

यो शब्द भनिरहँदा कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड समेत अचम्मै बने । मिलनले टुक्का भन्दै फेरि भने वाम एकता भयो भयो । अब एकता हुन आम एकता हुनु पर्‍यो ।

अनि प्रचण्डलाई इसार गर्दै भने वाम एकता भएको छ है हजुर मलाई टिकट दिनु पर्‍यो कलाकारको वेला आएको छ । 

प्रचण्ड हाँसे । फेरि यो कुरासँगै ढिलो नगरौँ भन्दै मिलन लामाले भने समृद्धि आउने कहिले हो, चुनाव आई रहने । भोट हालेको छ । मुलुकले अग्रगामी विकास हुन्छ । अब एकता । माया प्रिरेमको गीत गाइन् । उनले अगाडी भने ।

चितवन बस्ने मिलन लामा गुञ्जनगरमा आइछ, झल्को किन लाग्यो भन्या भेट हुन पो रैछ, माझी दाइ पोखरा फेवा तालको , लाऊ माया नलाउन भो ख्याल ख्यालको बोलको गीतमा मिलन लामा मञ्चमा के प्रस्तुत भएका थिए दर्शक दिर्घाबाट तालीको गडगडाहटले गुञ्जनगरको विद्यालय क्षेत्र थर्कियो ।

घरमा पराल बारीमा बन्सो, घरमा केछ सन्चो र विसन्चो, बाटो खुल्यो जुम्ला कालिकोटको लगायतका थुप्रै गीत गाएका मिलन लामा आफ्नै आँगनामा पाउँदा गुञ्जनगरवासीहरु धेरै खुसी देखिन्थे ।

कहिल्यै नि आथेन, हजुर सित भेट हुन पाथेन हातमा कलम छ, मैरे गृह जिल्ला इष्टमित्रलाई यो मिलन लामाको छड्के सलाम छ भन्दै लामाले अहिलेको युवा पुस्ता र घरमा रहेका बूढाबूढी बाबुआमाको व्यथाले यसरी गीत मार्फत व्यङ्ग्य गरे ।

“दरबार जत्रो घर भएनि के काम लाग्यो चन्द्रिका
छोरी गइन अष्ट्लिया छोरा गए अमेरिका
सुन्छु उता नाति नातिना स्वीमीङपुलमा पौडने
यता घरका आँगन खाली कसले दौडने ।”

यो गीत सुनिरहँदा अगाडि पँक्तीमा बसेका बूढाबूढीका आँखा रसाएर आँसु झरेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै भाबुक बनेका थिए । यस्ता गीत आफ्नै आँगनीमा बसेर सुन्ने अवसर गुञ्जनगर माविले जुराईदिएको थियो । कार्यक्रममा गायक लामाको गीतमा प्रचण्ड बिरामी भएका कारण ननाचे पनि निकै भावुक शैलीमा प्रचण्ड हेरिरहेका थिए भने र युवायुवतीहरु झ्याम्मिएर नाचेका थिए ।

अब भने हेरौँ पुरा भिडियो ।

सम्बन्धित सामग्रीहरू