अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 04:52

भारतीय गीत ‘ओ रे पियारे’ मा नेपाली नायिका/सत्य घटनामा बन्यो म्युजिक भिडियो

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ९:३० मा प्रकाशित

नेपाली प्राविधिकहरूको उत्कृष्ट काम भारतीय रचनाकार दीपक ठाकुरको शब्द तथा स्वर रहेको ‘ओ रे पियारे’ बोलको गीत सार्वजनिक भएको छ । कञ्चनजङ्घा सिने क्रीयसनको ब्यानरमा निर्माण भएको यस गीतलाई गत केही महिना अघि भारतको माहाराष्टको औरंगाबादको रेलवेको पट्रीमा १६ जना भारतीय मजदुरको मृत्यु भएको घटनालाई निर्देशक पल्लवीले निकै उत्कृष्ट प्रस्तुति देखाएका छन् । जसमा नेपाली सिनेमा नगरीको चर्चित नायिका सुरबिना कार्की र भारतीय प्रख्यात कलाकार यजुवेन्द्र प्रताप सिंहलाई फिचर्ड गरिएको छ ।

भारतको विभिन्न स्थानमा छायाङ्कन गरिएको यस गीतमा कथालाई पनि उत्तिकै सहज तरिकाले प्ले गरिएको छ । जयन्त पट नायकको सङ्गीत रहेको यस गीतलाई निर्देशक पल्लवीले निर्देशन गरेका हुन् । यस म्युजिक भिडियोलाई जी म्युजिक कम्पनीको आफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

टिकम शर्माको निर्माणमा बनेको यस गीतलाई आशातीत गीतको रूपमा लिइएको छ । यस अघि पनि निर्माता टिकुम शर्माले नेपाली नायिका रिस्ता बस्नेतलाई फिचर्ड गरेर “साथिया तेरे बिना …” बोलको गीत सार्वजनिक गरेका थिए । नेपाली कला र संस्कृति लगायत नेपाली कलाकारहरूलाई पनि विशेष प्राथमिकतामा राख्ने निर्माता टिकम शर्माको आगामी दिनमा पनि थुप्रै भारतीय गीतहरू रहेको र त्यसमा पनि नेपाली कलाकार तथा प्राविधिकहरूलाई समेट्ने उनले बताउनु भयो ।

छायाकार पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस भिडियोलाई सम्पादक विपिन मल्लले सम्पादन गरेका हुन् । यस भिडियोका छायाकार तथा सम्पादक नेपालको राष्ट्रिय अवार्डबाट अवार्डडेड प्राविधिकहरू हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू