अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 16:14

अस्ट्रेलियामा नेपाली मूलका युवा विनोद पौडेललाई सांसदको टिकट

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ६:१९ मा प्रकाशित

अस्ट्रेलियाको प्रमुख प्रतिपक्ष दल लिबरल पार्टीले आगामी आमनिर्वाचनमा सिड्नीको माकार्थर क्षेत्रबाट केन्द्रीय सांसदको टिकट नेपाली मूलका युवा विनोद पौडेललाई दिएको छ । यसअघि पनि पौडेलले सिड्नीको पश्चिमी क्षेत्रबाट सांसदको टिकट पाउनुभएको थियो । तर, उहाँ जितको नजिक पुगेर पराजितहुनुभएको थियो । यद्यपि, पौडेलले आफूलाई लिबरल पार्टीका राजनीतिमा स्थापित गर्नुभयो ।

लिबरलले आगामी सन् २०२५ को अस्ट्रेलियाको आमनिर्वाचनमा उहाँलाई माकार्थर क्षेत्रको टिकट दिने घोषणा गरेको हो । अस्ट्रेलियामा नेपालीहरूको बाक्लो उपस्थिति रहेकाले पनि अस्ट्रेलियाका राजनीति दलहरू नेपाली मूलका उमेदवारप्रति आकर्षित भएको देखिन्छ । अस्ट्रेलियामा सन् २०२२ मा सम्पन्न आमनिर्वाचनमा पौडेल सत्ताधारी लेबर पार्टी उमेदवारसँग पराजित हुनुभएको थियो । तर, पछिल्लो अस्ट्रेलियाको राजनीतिक सर्वेक्षणले सो क्षेत्रमा यसपटक लिबरलले जित्ने सम्भावना रहेको देखाएको छ ।

यसअघि, लिबरलबाटै नेपाली युवा पीजे श्रेष्ठले सांसदको टिकट पाउनुभएको थियो । तर, उहाँ पनि लेबरका चर्चित स्थानीय उमदेवार लिन्डा बर्नीसँग केही हजार मतले पराजित हुनुभएको थियो । अस्ट्रेलियाका दुई ठूला दलहरू लेबर र लिबरलका दुई भ्रातृ निकाय लिबरल फ्रेन्ड्स अफ नेपाल र लेबर प्रलेन्ड्स अफ नेपाल पनि सिड्नीमा सक्रिय देखिन्छन् । यस्तै, अस्ट्रेलियाको राजनीतिमा दुई नेपाली महिला भद्रा वाइबा र स्वीकृति भट्टले काउन्सिलरमा जित निकालेका थिए ।

प्रतिक्रिया