अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 20:38

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु

बिआरटीनेपाल २०८१ माघ १९ गते ८:२५ मा प्रकाशित
साउदी । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् ।
साउदीको जिजाननजिकै भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइनेछ ।
सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । अनि मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् । दुर्घटनामा १५ नागरिकको ज्यान गएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी बन्द राह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदै गर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो । नेपाल मदर डट कमबाट 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू