अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

सिक्किममा पनि इन्द्रजात्रा मनाइयो

बिआरटीनेपाल २०८१ असोज २ गते ६:३५ मा प्रकाशित

भारतीय राज्य सिक्किममा पनि इन्द्रजात्रा मनाईएको छ । सिक्किमको राजधानी गान्तोकमा हुने इन्द्र जात्रामा नेपालकै जिवित देवी कुमारीको फोटो रथमा राखेर रथयात्रा निकाल्ने गरिन्छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्गले कुमारीको रथ तानेर जात्राको शुभारम्भ गर्नुभएको थियो । जात्राका क्रममा लाखे, पुलुकिसी र अष्टमातृका नाच प्रस्तुत गरेको राज कुमार प्रधानले जानकारी दिनुभयो । सिक्किममा पनि राज्यस्तरबाटै इन्द्रजात्रा मनाउन शुरु गरेको एक दशक भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू