अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

ब्राजिलमा १ सय ७६ जना नेपाली अलपत्र, प्रवेशाज्ञा लिएर मात्र भ्रमणमा निस्कन दूतावासको आग्रह

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:३४ मा प्रकाशित

ब्राजिलको साउ पावलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा एक ७६ जना नेपाली अलपत्र परेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकताअनुसार सहायताका लागि आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण अमेरिकाका ब्राजिल लगायतका देश हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न ठाउँबाट दक्षिण अमेरिकी देशमा आउने प्रवृत्ति बढिरहेकाे भन्दै दूतावासले प्रवेशआज्ञा लिएर मात्र भ्रमणमा निस्कन आग्रह गरेको छ ।

दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य देशको भ्रमणमा निस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू