अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४
| Colorodo: 02:29
लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो ।
लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिङ्क मार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।
लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र मारिएपछि तनाव बढेको छ ।