अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

नेपाली भिक्षु डा. सुगन्ध पहिलो पटक थाइल्याण्डमा दोस्रो तहमा

बिआरटीनेपाल २०८१ साउन १३ गते ६:२२ मा प्रकाशित

नेपालका भिक्षु डा. सुगन्ध महास्थवीरले विशिष्ट धार्मिक महत्वको राजकीय सम्मान ‘फ्रा ब्रम्हशाक्यवंशविशुद्धी’ प्राप्त गर्नुभएको छ ।

थाइ राजसंस्था र थाई भिक्षु संघले यो पदवी भिक्षु सुगन्धलाई प्रदान गरेका हुन् । थाइ नरेश महावालिरालङ्कनलबाट प्रदान गरिएको यो पदवी पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुनुहुन्छ । यसअघि उहाँले नै थाई बौद्ध संघको तेस्रो तहको ‘फ्रा धम्माशाक्यवंशविशुद्धी पदवी प्राप्त गर्नु भएको थियो ।

चार दशकभन्दा वढी समय थाइल्याण्डमा बसेर बौद्ध धर्म र बुद्ध शासनमा योगदान पुर्‍याउँदै आउनु भएका भिक्षु सुगन्ध थाइल्यान्डको उत्तरी क्षेत्र बौद्ध संघको गर्भनर समेत हुनुहुन्छ । उहाँले थाई राजसंस्थालाई धार्मिक सरसल्लाह समेत दिँदै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू