अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुबेर दुई जना नेपाली युवाको ज्यान गयो

बिआरटीनेपाल २०८१ जेठ १५ गते २:५० मा प्रकाशित

अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको ज्यान गएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको ज्यान गएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । हिजो दिउँसो पौने ३ बजेतिर चट्टानबाट युवाहरू खसेको थाहा पाएपछि हेलिकप्टर, अत्याधुनिक उद्धार डुङ्गासहित खोजकर्ताहरू खटिएका थिए । बेलुका मात्रै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरू खसेको सिड्नीको ‘केप सोलान्डर ड्राइभ’ निकै खतरनाक ठाउँ मानिन्छ । त्यहाँ माछा मार्नेहरूलाई जीवनरक्षक ज्याकेट लगाउन अनिवार्य गरे पनि अटेरी गर्दा बारम्बार दुर्घटना हुने गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू