अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

रिलिज अगाडि नै दर्शकले हेरे ‘पुजार सार्की’ !

बिआरटीनेपाल २०८१ जेठ ९ गते ५:०९ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ रिलिज अगावै दर्शकलाई देखाइएको छ । काठमाडौंका विभिन्न स्थानका एक सयभन्दा बढी दर्शकलाई चलचित्र देखाइएको हो । मंगलबार साँझ काठमाडौंको सीडीसी सिनेमा हलमा गरिएको दर्शक विशेष शोमा दर्शकसँगै ‘पुजार सार्की’का कलाकारहरू पनि थिए ।

रिलिज अगावै चलचित्र देखाइनुको कारण सिनेमाप्रति वास्तविक दर्शकको दृष्टिकोण बुझ्नु रहेको निर्देशक दिनेश राउतले बताउनुभयो । चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावलाई मनन् गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताउनुभयो ।

चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह मुख्य भूमिकामा छन् । चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली, परीक्षा लिम्बू मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेललगायत कलाकारको अभिनय छ । चलचित्र भोलिबाट रिलिज हुँदै छ ।

प्रतिक्रिया