अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य

बिआरटीनेपाल २०८१ वैशाख २९ गते ६:३४ मा प्रकाशित

अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औं दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै हरिवंश आचार्यले यस्तो बताउनुभएको हो ।

हरिवंश आचार्यले चलचित्र महाजात्रा दुई/तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गर्नुभयो । उहाँले अहिले ५१ औं दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताउनुभयो । उहाँले नेपाली चलचित्रको प्रतिष्पर्धा स्वदेशीसँग नभइ विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौं खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताउनुभयो ।

अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने बताउनुभयो । उहाँले चलचित्र निर्माताले मिठो पकाएर पस्किएमात्रै दर्शकले रुचाउने बताउनुभयो ।

प्रतिक्रिया