अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 11:50

भैरव वाङ्मय पुरस्कार साहित्यकार चञ्चललाई, कलाकार अधिकारीलाई भैरव प्रतिभा पुरस्कार

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ६:०२ मा प्रकाशित

साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । एक लाख एक हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार एक सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनाेट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे वेदमणिको संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुईंटेल सदस्य रहनुभएको समिति बनाएको थियो । आउँदो पुस ९ गते शनिवार काठमाण्डाैको गोकर्णेश्वर नगरपालिका ५ मा रहेकाे भैरव स्मृति भवनमा कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया