अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 08:48

मेलम्चीको बाढीमा बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री गड्स बफ्यालोले जित्यो किम्फको उत्कृष्ट फिल्म र डकुमेन्ट्री

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ७:३१ मा प्रकाशित

मेलम्चीको बाढीमा बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री गड्स बफ्यालोु काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा ुउत्कृष्ट ईसीमोड माउन्टेन फिल्मु फेस्टिभल जित्न सफल भएको छ । निर्देशक विष्णु कल्पितले उपहारमा एक हजार अमेरिकन डलर जित्न सफल हुनुभयो । यही फिल्मले नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गर्दै नगद ७५ हजार जित्न सफल भएको छ । बाढीमा बगेको भैंसी फिर्ता पाउन भैंसी मालिकले कस्तो संघर्ष गर्छन् भन्ने बिषयबस्तु डकुमेन्ट्रीमा देखाइको छ ।

नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट आख्यान भने किरण श्रेष्ठको एट एनोदर विन्टरले जितेको छ । २२ मिनेट लामो यो लघु फिल्ममा बोल्न नजान्ने आफ्नो छोराका लागि एक आमाले गर्ने भौतिक र मनोवैज्ञानिक यात्रा समेटिएको छ । बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले उपहारमा एक लाख जित्न सफल भयो । पुजा गुरुङ र विभुषण बस्नेतको फिल्म बिग हेडेड बोय -समनस एण्ड समराइले स्पेसल जुरी मेन्सन पायो ।

अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ुएभरेस्ट द हार्ड वेुले किम्फको उत्कृष्ट डकुमेन्ट्री अवार्ड उचाल्यो । त्यस्तै यही विधातर्फ फायर अन्द दि वाटर दोस्रो हुँदा आफ्टर अन्टार्टिकाले तेस्रो अवार्ड जित्न सफल भयो । दोस्रो र तेस्रो हुने डकुमेन्ट्रीले एक लाख ५० हजार र एक लाख नगद जित्न सफल भयो । यस्तै भिलेज डेज फेम्सुले जुरी अवार्ड उचाल्न सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू