काठमाडौँ । लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द तथा गायिका सत्यकला राईको आवाजमा रहेको ‘र्याइ र्याइ सारङ्गी’ गीतको भिडियो सार्वजनिक भएको छ । । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय सङ्गीतकार विकास चौधरीले सङ्गीत सिर्जना गरेका छन् ।
उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीत र्याइ र्याइ सारङ्गीको सङ्गीत संयोजन पनि विकास चौधरीकै रहेको छ । गीतमा मौलिक शब्द तथा नेपाली जनजीवन सुहाउँदो परिवेशलाई वर्णन गरिएको छ ।
‘र्याइ र्याइ सारङ्गी’ को म्युजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ। विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको ‘र्याइ र्याइ सारङ्गी’ भिडियोका निर्मात्री राधिका उप्रेती हुन् भने सम्पादन रहेको माधव वेलबासेको। भिडियोको छायाङ्कन आवेश बज्राचार्यले गरेका हुन् । त्यस्तै गरी साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन्। भिडियोलाई एचपी इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।