अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

बिल गेट्सको कोरोनाका ’७ हिरोज’ मा नेपाली महिला पनि पर्न सफल

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:२५ मा प्रकाशित

बिल गेट्सको ब्लग गेट्स नोट्सको यस महामारीमा कीर्ति वर्णन नगरिएका “७ हिरोज”मा एक नेपाली पर्न सफल भएकी छन् । बिल गेट्सको ब्लग गेट्स नोट्सले कोभिड १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिमा काभ्रेकी लक्ष्मी रायमाझीलाई समेटेको हो । उहाँ सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक पनि हुनुहुन्छ ।

गेट्सले महामारीको भोगाइ निवारण गर्नका निम्ति लागि परेका संसारभरका असाधारण व्यक्तिहरूका बारे प्रकाश पार्नुभएको छ । कोरोना महामारीले नेपालमा महिलाहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरू प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना गर्दा थुप्रै महिलाहरू स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन कोरोना संक्रमणका डरले नजाँदा लक्ष्मी यी चुनौतीहरू पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्न प्रयत्नरत रहेको गेट्स नोट्समा उल्लेख छ ।

महामारीको अवधिमा धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रीत भएपनि यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरूलाई सधैं प्राथमिकताका रुपमा लिइएन । मेरी स्टोप्स् नेपालले विभिन्न समूहहरुसँगको संयोजनमा यौन तथा प्रजनन् स्वास्थ्यबारे सेवा दिएको थियो । रायमाझीले कठिन परिस्थितिमा पनि काम गरेको गेट्सद्वारा उल्लेख छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय