अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 11:03

यूएईमा एकै ठाउँमा दुई नेपालीको हत्या – एक जनाको को पहिचान खुल्यो, अर्काको बाँकी

बिआरटीनेपाल २०७७ साउन ३२ गते ७:२३ मा प्रकाशित

यूएईमा हत्या भएका दुई नेपालीमध्ये एक जनाको परिचय खुलेको छ । यूएईको सारजाहमा साउन २४ गते हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । हत्या हुनेमा तनहुँ भगवतीपुर ७ का ३६ वर्षिय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने पहिचान खुलेको छैन ।

गएको साउन २४ गते शनिबार सारजाहमा दुई नेपालीको हत्या भएको त्यहाँका स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि दूतावासले चासो लिएको छ । पहिचान खुलेका श्रेष्ठको शरीरमा २० ठाउँमा छुरा प्रहार भएको छ । अर्का नेपालीको शरीरमा पनि त्यस्तै धारिलो हतियार प्रयोग गरेर हत्या भएको दूतावासको भनाइ छ ।

घटनाको प्रारम्भिक विवरण अनुसार दुई जनाबीच आपसी विवाद हुँदा एक अर्काको हत्या भएको भनिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही पक्राउ परेका यूएईको स्थानीय सञ्चारमाध्यम गल्फ न्युजले उल्लेख गरेको छ ।

एउटै घटनामा दुई नेपालीको हत्या भएको जानकारी दूतावासलाई भए पनि स्थानीय प्रसाशनले अनुसन्धान गरिरहेकाले पूर्ण विवरण आउन बाँकी रहेको दूतावासका प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू