अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 19:25

कोरोनाका कारण बेलायतमा २३ दिन सघन उपचार कक्षमा रहेकी नेपाली नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारियो

बिआरटीनेपाल २०७७ वैशाख ८ गते २२:४४ मा प्रकाशित

कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा कार्यरत १०० भन्दा बढी सहकर्मीले उमालाई सामान्य श्ययामा सार्दा ताली ठोकेर सम्मान प्रकट गरेका थिए ।

सामान्य वार्डमा सारिएपछि उमाले भन्नुभएको छ ,‘म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन । उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए । म अझै अस्पतालमा छु । विस्तारै विस्तारै ठीक हुँदैछु ।’

सघन उपचार कक्षका प्रमुख केट् मुरे भन्नुहुन्छ, ‘सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ । उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नुपरेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ ।’
उहाँले अगाडि भन्नुभयो, ‘तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन् । हाम्रो गौरवको एउटा अंश हुन् उमा पनि । यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ ।’

यसअघि बेलायतमै कोरोना संक्रमित एक नेपाली जोडी आईतबार स्वास्थ ठीक भई घर फर्केका थिए ।

प्रतिक्रिया