अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 00:41

दिवान किनारको शब्द तथा लय सिर्जनामा पञ्चेबाजा गीत ‘इयाई पारुम है माया ’ भिडियो सहित

बिआरटीनेपाल २०७५ फागुन १८ गते २१:४० मा प्रकाशित

नेपाली मौलिक बाजा पञ्चेबाजाको विवाह तथा शुभ कार्यमा निकै प्रचलनमा आइरहेको छ । लोक संस्कृतिको संरक्षण गदै आइरहेको सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा दिवान किनारको शब्द तथा लय सिर्जनामा समेटिएको ‘इयाई पारुम है माया ’ गीतको भिडियो बजारमा आएको हो । ‘इयाई पारुम है माया ’ गीतमा गायक तुलसी नारायण श्रेष्ठ र गायिका डोलमाया गुरुङको आवाज रहेको छ ।


गीतलाई सर्वोकृष्ट रूपमा तयार परिएको छ । गीतमा प्रेमी र प्रेमिका बिचको मायाको जुहारीलाई गीतमा समेटिएको छ ।महेश महराको छायाङ्कन , चेतन सागरको छायाङ्कन ,नवीन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘इयाई पारुम है माया ’ एन गौतम , पुनम गुरुङ नन्दा , स्मृति खवास र गिरी भाइको अभिनय रहेको छ ।

‘इयाई पारुम है माया ’ गीतको भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू