हरेक वर्ष अफ्रिकामा ६ लाख सुत्केरी तथा गर्भवती महिलाहरू अत्यधिक रक्तश्राव हुँदा रगत नपाई जीवन गुमाउँछन् । अझ इथियोपिया जस्तो गरिब देशमा त दुई तिहाइ बिरामीहरूले रगत नै पाउँदैनन् । यहिकुरा थाहा पाएर रक्तदान नै गर्न भनेर अर्जुन मैनाली गत मङ्गलवार न्यु योर्क देखी ११,२०० किलोमिटर टाढाको अफ्रिकाको इथियोपियामा एक दिनको लागी पुगे ।
इथियोपिया नेशनल ब्लड सर्भिसले एडिस अबाबाको पाँच तारे होटेल क्यापिटल इन्टरनेशनलमा अर्जुन मैनाली एक जनालाई मात्र रक्तदान गराउन र रक्तदान अन्तरकृयाको लागि एउटा विशेष कार्यक्रम नै गर्यो । रक्तदान गरे पश्चात् मैनालीले ‘मसँग भएको मानवीय अमूल्य जीवनको भन्डारलाई तपाईँहरूसँग अलिकति बाढी भनेर आफ्नै साधन श्रोतमा यहाँसम्म आएको हुँ’ भने ‘इथियोपियामा बिरामी उपचार गर्नको लागि पर्याप्त रगत नभएको यस अवस्थामा कुनै अदृश्य शक्तिले मेरो मन, भावनामा रक्तदान गर्न इथियोपियामा नै जाऊँ जाऊँ जस्तो लाग्यो र आएँ’ भने ।
रक्तदान अन्तरक्रिया कार्यक्रममा रक्त दाता मैनालीले निश्चित अवधि पश्चात् स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने आफ्नो उदाहरण दिँदै मैले ३१ वर्षको अवधिमा १५ देशमा १६८ पटक रक्तदान गरेको छु । यो भनेको ८४ हजार मिलिलिटर रगत हो र मेरो आफ्नै रगतले मात्रै ५०४ जनासम्मलाई बच्चाउन सहयोग हुन्छ’ भन्दा त्यहाँ उपस्थित २० वटा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाका करिब ७० जना सहभागीहरूले उठेर ताली बजाएर अभिवादन गरेका थिए । त्यसपछि उपस्थित सबैले एकै स्वरमा ‘म रक्त दाता हुँ’ भन्दै प्लेकार्ड हल्लाए ।
उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सेहर्ला अब्दुलाहीले रक्त दाता मैनाली एक असाधारण व्यक्तित्व हुन र यिनको कार्यले हाम्रा नागरिकहरूमा रक्तदान गर्न उत्साह मिल्ने बिचरा व्यक्त गरिन । रगत पाएर बचेका उपस्थित सहभागीहरूले ‘रक्त दाता मैनाली जस्तै हामीलाई धेरै रक्तदाताहरु चाहिएको छ’ भने । कार्यक्रमको अन्त्यमा मैनालीलाई राज्यमन्त्रीले प्रशंसा पत्र र राष्ट्रिय पोसाकले सम्मान गरेकी थीइन । रक्तसञ्चार सेवक पदाधिकारी र सञ्चारकर्मीहरू सहित दिवा भोज पश्चात् मैनालीलाई त्यहाँको एैतिहासिक स्थान अवलोकन गराइएको थियो ।