अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 11:06

शिव परियारको स्वर रहेको “आँसुको अर्थ” गीतलाई युट्युबमा करोड भ्यूज

बिआरटीनेपाल २०७५ माघ १४ गते १३:४५ मा प्रकाशित

गत वर्ष जनवरी ९ मा रिलिज भएको वर्तमान नेपाली आधुनिक सङीतका सुप्रसिद्ध गायक शिव परियारको स्वर रहेको अति नै लोकप्रिय गीत ‘आँसुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ । गायक परियारको चर्चित गीत ‘पिलायो साथीले’ यस अघि नै करोड क्लबमा प्रवेश गरी अझ्झ धेरै युट्युब भ्यूज पाउने क्रम जारी नै छ । 

युट्युबमा रिलिज भएको एक वर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको हो ।गीतले ५९ हजार लाइक्स प्राप्त गरेकाको छ भने ३ हजार ४ सय मात्रै डिस्लाइक्स पाएको छ । गीतलाई २ हजार ८ सय बढी कम्नेट समेत मिलेको छ ।

पछिल्लो समय निकै चर्चामा रहेको “आँसुको अर्थ “गीतबाट गायक शिव परियार रेडियो कान्तिपुर द्वारा आयोजना गरिएको नेसनल म्युजिक अवार्ड 2075 मा यस वर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड समेत जित्न सफल भएका छन् ।

गीतलाई सञ्चारकर्मी रवि अधिकारीले लेख्नु भएको हो भने सङ्गीतकार टङ्क बुढाथोकिको सङ्गीत रहेको छ ।रंगपत्रकरितामा आफ्नो भिन्नै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखन तथा चलचित्र निर्माण समेत आफूलाई प्रस्तुत गर्नु भएको छ ।गीतलाई एरेन्ज भने रिदम कँडेल ले गरेका हुन् ।

‘आँसुको अर्थ’ को भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायाङ्कन र धमला विकासको सम्पादन रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौँ साङ्गीतिक सङ्ग्रह ‘शिवालय’ मा समावेश गरेका छन् ।यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेकर्डिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ, मिक्सिंग, मास्टरिङ गरेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू