अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 03:23

कान्तिपुर फिल्म एकेडेमीको ग्राजुएसन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ माघ ९ गते ११:४४ मा प्रकाशित

निर्देशकहरू छविराज ओझा, दीपा श्री निरौला, उज्वल घिमिरे र निर्माता केशव भट्टराईद्वारा प्रमाण पत्र वितरण


राजधानीमा अवस्थित चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउँदै आएको फिल्म स्कुल कान्तिपुर फिल्म एकेडेमीले गत सोमबार काठमाण्डौको क्युज सिनेमा हलमा विद्यार्थीहरूले बनाएको सर्ट फिल्महरू प्रदर्शन गर्दै आफ्नो दोस्रो ग्राजुएसन कार्यक्रम सम्पन्न गर्‍यो । 

उक्त कार्यक्रममा फिल्म एक्टीङ्ग र फिल्म मेकीङ्गमा एक बर्से डिप्लोमा कोर्स सकाएका २६ जना विद्यार्थीहरूलाई ग्राजुएट गरिएको थियो भने ग्राजुएट भएका विद्यार्थीहरूले बनाएको फरक फरक विषयको ९ वटा सर्ट फिल्महरू पनि प्रदर्शन गरिएको थियो । प्रदर्शन हुने फिल्महरूमा हेम प्रभासको ‘द मास्क’, दीपेश याक्सोको ‘तिम्मक’, रिमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको ‘पाथ टु हेल’, राज दीप लामाको ‘ग्याङ्गस अफ काठमाडौँ’, ईश्वरी आचार्यको ‘बुद्ध, आईज एण्ड बिटवीन’, उद्धव दंगालको ‘लोङ्गवा’, रविन्द्र श्रेष्ठको ‘रियल कोईन्स’, र दीपेन्द्र मल्लको ‘पद्मा’ थिए । 

चलचित्र हेरीसकेपछी ग्राजुएट भएका विद्यार्थीहरूलाई निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक/कलाकार दीपा श्री निरौला, निर्देशक उज्वल घिमिरे र निर्माता केशव भट्टराईले प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै दिपाश्री निरौलाले सबै चलचित्र राम्रो भएको र सधैँ यही जोसका साथ कहिल्यै हार नखाई अगाडी बढ्न सबै विद्यार्थीहरूलाई हौसला सहित शुभकामना दिनुभएको थियो । 

विद्यार्थी, शिक्षक, प्यारेन्टस् र पत्रकारहरूको बिचमा गरिएको उक्त फिल्म प्रदर्शनीमा चलचित्रकर्मीहरू, ज्ञानेन्द्र देउजा, गोपाल काजी कायस्थ, नवल नेपाल, पुष्प खड्का, दीपक बज्राचार्य, सुवर्ण थापा, विष्णु कल्पित, प्रदीप भारद्धाज, विप्लप उप्रेती, जिपी तिमील्सीना, कृष्ण काफ्ले, सुमन गिरी भान्जा, बिसारद बस्नेत, दशरथ गिरी, सरोज श्रेष्ठ, योगेश घिमिरे, चन्द्र झा लगायत थुप्रै निर्माता निर्देशकको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू