अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 21:59

चलचित्र लभ स्टेसन १ चैतबाट

बिआरटीनेपाल २०७५ पुष ३ गते २०:५६ मा प्रकाशित

काठमाडौँ, चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनीत चलचित्र ‘लभ स्टेसन’ अब १ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । 

यस अघि यो फिल्मलाई फागुनको अन्तिम तेस्रो साता वा चैतमा रिलिज गर्ने भनिएको थियो । यो चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोविन्द शाहीले बुधवार लभ स्टेसनको रिलिज मिति घोषणा गर्दै यसलाई १ चैतमा रिलिज गर्नुको कारणबारे भने,‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साइँली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यवस्थित गर्न पनि लभ स्टेसनलाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’ 

हाल सम्पादनको अन्तिम चरणमा रहेको लभ स्टेसनको अर्को साताबाट स्वराँकन सुरु हुने पनि उनले बताए । चलचित्रको दुई ओटा गीत तयार छ भने दुई गीतको छायाङ्कन चाँडै नै गरिनेछ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेसन साङ्गीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरे भन्छन ।

हाल अस्ट्रेलियामा रहेका अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा लभ स्टेसनमा आफ्नो काम केही पृथक् रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए ।

लभ स्टेसनलाई काफिया फिल्मस््को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जस्तासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू