अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 16:14

फिन्ल्याण्डको राजधानी हेल्सिन्किमा “वल्र्ड भिलेज फेस्टिबल”

बिआरटीनेपाल २०७५ जेठ १३ गते ११:१८ मा प्रकाशित

फिन्ल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो कला र संस्कृति प्रदर्शन गरेको छ । फिन्ल्याण्डमा सक्रिय संस्था केपाको अयोजना र राष्ट्रिय समन्वय परिषद् फिन्ल्याण्डले संयोजन गरेको “वल्र्ड भिलेज फेस्टिवल” कार्यक्रममा नेपाली सङ्गीत, कला र भेषभूषाको प्रदर्शनी गरिएको थियो । सो कार्यक्रममा विभिन्न नेपाली गीतमा नृत्यका साथै नेपाली पोसाकको प्रदर्शनी गरिएको थियो ।

सन् १९९५ देखि हरेक वर्ष आयोजना हुने गरेको फेस्टिबलमा फिन्ल्याण्डमा रहेका विभिन्न समुदायहरूले आ–आफ्नो भाषा, संस्कृति, कला र भेषभूषाको प्रवर्धन गर्ने गर्दछन् । नेपाली समुदायको प्रस्तुतिलाई स्थानीय दर्शकहरूले रुचीपूर्वक अवलोकन गरेका थिए ।

प्रतिक्रिया