अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 14:59

बुटवल र बर्दघाटमा अन्तर्राष्ट्रिय साङ्गीतिक कार्यक्रम

बिआरटीनेपाल २०७४ चैत २२ गते २३:५३ मा प्रकाशित

काठमाडौँ, नयाँ वर्ष २०७५ को अवसरमा रुपन्देहीको बुटवल र नवलपरासीको बर्दघाटमा ‘नयाँवर्ष विशेष साङ्गीतिक कार्यक्रम–२०७५’ गरिने भएको छ ।

इन्भिन्सिवल इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिले यही वैशाख १ गते बर्दघाट—१ माकर मोतीबस्ती (नवलपरासी) मा ‘नयाँ वर्ष विशेष साङ्गीतिक कार्यक्रम–२०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा थाइल्याण्डकी डिजे सी क्वइन, चितवनको द रेड्स ब्याण्ड, टि सेभेन डान्स ग्रुप, सुनवल, काठमाडौँबाट डोब स्टर माइकले डान्सर, बुटवलका डिजे अतीतको प्रस्तुति रहने म्यानेजमेन्ट प्रालिका प्रमुख सागर थापाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय प्रस्तुतिसमेत रहनेछन् ।

बर्दघाटको माकर–१ मोतीबस्तीमा हुने कार्यक्रम बेलुका ४ बजेदेखि राति १२ बजेसम्म हुनेछ । प्रवेश शुल्क रु २५० राखिएको छ । कार्यक्रमको सह–आयोजक परिवर्तनका लागि युवा नामक संस्था रहेको छ ।

त्यसै गरी, बिट्स इभेन्ट एण्ड मिडिया प्रालिले रुपन्देहीको बुटवलमा नयाँ वर्ष २०७५ को अवसरमा विदेशी र नेपाली संस्कृति आदानप्रदान गर्ने उद्देश्यले यही चैत ३० गते बुटवल ‘न्यू इअर इभ बास–२०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रुपन्देहीको कालीका नगरस्थित द कन्सेप्ट क्लबमा हुने सो कार्यक्रममा थाइल्याण्डकी डिजे सी क्वइन, नेपालका कलाकार डिजे अतीत, साउण्ड ओयब र स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रम बेलुका ४ बजेदेखि राति १२ बजेसम्म हुने कार्यक्रमको सह–आयोजक परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो । प्रवेश शुल्क रु ५०० राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू