अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२
| Colorodo: 12:37
गैर-आवासीय नेपाली संघ पोर्चुगलको आसन्न छैठौ महाधिबेसनको मिति घोषणा भए लगत्तै एनआरएनए ,पोर्चुगलको नेतृत्व कसले गर्ला भन्ने जिज्ञासा र चासो आम पोर्चुगलवासी तथा पोर्चुगल बाहिरका नेपाली समुदायमा एकाएक बढेर गएको छ ।गैर-आवासीय नेपाली संघ,पोर्चुगलको छैठौ महाधिबेशन आगामी २०१७ सेप्टेम्वर १० तारिक राजधानी लिस्वनमा गर्ने निर्णय गरिएको छ ।
पछिल्लो समय कस-कसको उमेद्वारी आउला भन्ने नेपाली समाजमा चासो बढिरहेको बेलामा शरद चन्द्र शाहीले अल्गार्भ क्षेत्रबाट प्रतिनिधित्वो गर्दै केन्द्रमा उपाध्यक्षमा उमेद्वारी दिने निर्णय आफ्नो अधिकारिक फेसबुकबाट सार्बजनिक गरेका छन्। शाही बिगतका ४ वर्ष देखि सक्रिय रुपमा एनआरएनए,पोर्चुगलको अल्गार्भ क्षेत्रमा सचिब र उपाध्यक्ष पदमा रहेर नेपाली समुदासंग नजिक भएर काम गरिसकेका व्यक्ति हुन्।