अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 09:41

दीपेन्द्र–देवयानीको कथामा फिल्म बन्ने, दरबार हत्याकाण्ड देखाइने

बिआरटीनेपाल २०७४ जेठ १९ गते ९:३२ मा प्रकाशित

काठमाडौँ । पूर्वराजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथा नेपाली चलचित्र बन्ने भएको छ । दीपेन्द्र देवयानी राणाबीचको प्रेमसम्बन्धलाई फिल्ममा देखाइनेछ । दरबार हत्याकाण्डमा दीपेन्द्रको पनि निधन भएको थियो । उनी त्यस बेला २९ वर्षको मात्रै थिए । राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाकी छोरी देवयानी र दीपेन्द्रबीच प्रेमसम्बन्ध रहेको दाबी गरिन्छ । 

राजदरबारका पूर्वसचिव विवेकुमार शाहले लेखेको किताब ‘मैले देखेको दरबार’मा आधारित रहेर फिल्म ‘दीपेन्द्र सरकार’ निर्माण गरिनेछ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो फिल्मको घोषणा गरिएको छ । आशुषेन फिल्मको ब्यानरमा ‘दीपेन्द्र सरकार’ बन्नेछ । फिल्मका निर्माता सन्तोष सेन हुन् । उनले यो चलचित्रका बजेट ५ करोड ५० लाख खर्चने योजना बनाएका छन् । सेनले फिल्मका लागि ‘मैले देखेको दरबार’को प्रतिलिपि अधिकार किनिसकेको जानकारी दिए । फिल्मको रिलिज डेट २०७५ को जेठ १९ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू