पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन राइनोज्ले विजयी सुरुवात गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।
पोखराले दिएको १०८ रनको सामान्य चुनौती चितवनले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि हङकङका खेलाडी बाबर हायातले ४२ बलमा अविजित रहँदै सर्वाधिक ६६ रन बनाए । पोखराका लागि रशिद खान र सर्वजित लड्डाले २÷२ विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ‘अलआउट हुँदै १०७ रनमात्र बनाएको थियो । कप्तान शरद भेषावकरले ३९ बलमा सर्वाधिक ४५ रन बनाए । चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २÷२ विकेट लिए । करण केसी, विक्रम सोब र कप्तान पारस खड्काले एकरएक विकेट झारे ।
चितवनले विजयी सुरुआत गर्दा पोखराले पहिलो हार व्यहोरेको छ । उद्घाटन खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई हराएको थियो । समान २ अंकको चितवन रनरेटका आधारमा शीर्ष स्थानमा रहँदा एक्सपर्ट धनगढी दोस्रो, पोखरा तेस्रो तथा बुटबल ब्लास्टर्स चौथो स्थानमा छ । विराटनगर टाइटान्स र काठमाडौंले अंकको खाता खोलेका छैनन् ।