अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९
| Colorodo: 19:24
बेलायतले चीनको सिनजियाङ प्रान्तमा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरु निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको छ । चीनको सिनजियाङ प्रान्तमा हजारौं मुसलमानलाई कडा सुरक्षाका बीच बन्दी बनाएर राखिएको सूचना सार्वजनिक भएलगत्तै बेलायतले राष्ट्रसंघका पर्यवेक्षक निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको हो ।
समाचारमा जनाइए अनुसार ती बन्दीहरुमाथि दुव्र्यवहार हुनुका साथै मानवअधिकारको समेत उल्लंघन गरिएको छ । तर चीनले भने स्वेच्छिक शिक्षा र प्रशिक्षण प्रदान गरेको दावी गरेको छ । चीनले ती मुसलमानहरुलाई कडा सजाय दिएको प्रतिवेदन फेला पारेको बीबीसीले दावी गरेको छ ।
बेलायतका लागि चिनियाँ राजदुत लियु सियामिङले मुसलमानहरुमाथि दुव्र्यवहार भएको भनिएको समाचारमा सत्यता नभएको दावी गर्नुभएको छ ।