अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६
| Colorodo: 19:31
अल्बानियामा भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पले भत्काएको घरको भग्नावशेषमा पुरिएर २ पुरुष र एक महिलाको मृत्यु भएको हो भने तीन जना बालबालिका रहेको बताईएको छ ।
स्थानीय समय अनुसार बिहान ४ बजे राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाई ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो । भूकम्पकका कारण अधिकांश घरहरु ध्वस्त भएका छन् । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् ।
यसैबीच अल्बानियाको गृहमन्त्रालले एक बिज्ञप्ती जारी गरी पराकम्पन आउन सक्ने् भन्दै त्यहाँको सर्वसाधारणलाई सचेत तुल्याएको छ । भग्नावशेषमा च्यापिएको हुन सक्ने भन्दै सय भन्दा बढी उद्धारकर्मीहरु परिचालन गरिएको छ ।