नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको सबैभन्दा पुरानो इंग्ल्यान्डको क्लब मेरिलेबोन क्रिकेट क्लबब (एमसीसी)विरुद्धको एकदिवसीय क्रिकेटमा शानदार जित निकालेको छ । ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भयो ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले २०२ रनको सामान्य चुनौती ३७ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । छैटौं विकेटका लागि अविजित ६९ रन जोड्नेक्रममा विनोद भण्डारीले ५२ तथा पवन सर्राफले ३८ रन बनाए । कप्तान ज्ञानेन्द्र भने १० रनमा ‘आउट’ भएका थिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा ‘अलआउट’ हुँदै २०१ रन बनाएको थियो । विल रोड्सले ५४ तथा बिली गोडलम्यानले ५२ रन बनाएका थिए । नेपालका लागि पवन सर्राफ र ललितनारायण राजवंशीले समान ४र४ विकेट लिए । करण केसी र अविनाश बोहराले १/१ विकेट झारे ।
यो खेलमा पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने भने खेलेका थिएनन् । नेपालले एमसीसीसित अब बुधबारदेखि सुरु हुने तीनदिवसीय खेल खेल्नेछ । त्यसअपछि अन्तिम खेल ट्वेन्टी–२० को हुनेछ । यसअघि, आइतबार भएको एकदिवसीय खेलमा एमसीसीले नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिमलाई ३८ रनले हराएको थियो ।