अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४
| Colorodo: 13:39
इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ ।दुई महिनाअघिकोभन्दा यो १० गुणा बढी उत्पादन हो । सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तीव्र बनाएको छ ।
इरानले दुईओटा नयाँ अत्याधुनिक ‘सेन्ट्रिफ्युज’ पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको छ । इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो ।
इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ ।