अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७
| Colorodo: 12:22
सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरी शहर तल अब्यादमा भएको बिस्फोटमा २० भन्दा बढी घाइते भएका छन् । बिस्फोटमा मारिनेमा टर्की समर्थित लडाकुहरु र सर्वसाधारण रहेका छन् ।
बिस्फोटको जिम्मा कसैले लिएको छैन यद्यपी टर्कीको रक्षा मन्त्रालयले भने मिलिशिया समूह पीपुल्स प्रोटेक्सन युनिट्सले बिस्फोट गराएको आरोप लगाएको छ । गत महिना अमेरिकी सेना फिर्ता भएलगत्तै टर्किस सेनाले उत्तरी सीमामा कुर्द नियन्त्रित सीमा क्षेत्रमा आक्रमण गर्न थालेको छ । सिरियामा पछिल्लो समय कुर्द बिद्रोहीहरुसँग टर्किस सेनाले युद्ध गर्दै आएको छ ।