अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 20:56

वाशिङ्गटन डिसीमा देउसी भैलो पनि खेलियो, “रातो टिका निधारमा” पनि हेरियो

बिआरटीनेपाल २०७६ कार्तिक ११ गते ९:०१ मा प्रकाशित

अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीको आयोजनामा डिसीमा देउसी भैलो खेल्दै तिहार चाडको मज्जा मात्र लिइएन सँग सँगै अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकाको पहलमा नेपाली कथानक चलचित्र “रातो टिका निधारमा” थुप्रै नेपालीहरूका बिच प्रदर्शन पनि गरियो ।

अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भुप नारायण घर्तिमगरले तिहार र देउसी भैलो संस्कृतिका बारेमा मन्तव्य राख्नुभयो । त्यस पछि अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको भट्ट्याइमा शुरुभयो मौलिक देउसी भैलो । देउसी भैलो गीत र नाच सकिए लगत्तै नेपाली कथानक चलचित्र “रातो टिका निधारमा” थुप्रै नेपालीहरूका बिच प्रदर्शन पनि गरियो । चलचित्र हेर्ने सबैको प्रतिक्रिया थियो – “वा यस्तो पो चलचित्र ! कथा, विषयवस्तु, हाँसो, खुसी, आँसु, वर्तमान नेपाल सबै अटेको चलचित्र । अरूले पनि हेर्ने प्रयास गर्नुहोला ।”

अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकाको पहलमा चलचित्र प्रदर्शनको कोअर्डिनेशन गर्नुभएका कलाकार पुष्कर पन्त र अनेसास कोषाध्यक्ष खगेन्द्र थापाले सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

 

प्रतिक्रिया