अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 15:15

मातृस्नेह

बिआरटीनेपाल २०७३ पुष १ गते ५:५६ मा प्रकाशित

 

हरेक बिहानीको झुल्के घामसँगै
बिभाजीत आस्थाहरुलाई
सन्धीविहीन सम्झौतामा राखी व्यूताउछिन्
छोराछोरीको सपना
पर्खीरहन्छिन परदेशीएका छोराहरु
धिपधिपे टुकीसँगै हररात
सन्ध्या व्यूताऊने बुहारीहरुको प्रतिक्षामा
मनभरी असिमीत आकाङ्क्षा आँगनीको डिलमा बसी
उही कोखाईकोखाईको ममताले गम्म छोप्दै
बिर्सीएर सारा दुख पिडालाई
आशा जाग्छ अलिकती
फर्किन्छन चाडपर्वमा घर सम्झेर भनि
पर्खदा पर्खदै थाक्दा
आशा गर्दा गर्दै निराशा छाऊंदा
शान्त रहन नसक्ने आमाको चञ्चल मन
आफु भोको बसेर पेटभरी पिलाऊने
सुनौला प्रकृतीसंग रम्न सिकाऊने
आमा सम्झीन्छिन
माया ममताले भरिएको
आमाको न्यानो काख
आज रित्तो रित्तो छ
माया ममताको कुनै सिमा छैन
निश्चल आमाको मन
सदा हाँस्न सिकाउने
सदा बाच्न सिकाउने आमा
सानो झुपडीमा आज फेरि तिनै आमा
आँखाहरुमा आँशु निम्त्याउँदै
बाध्यतामा उभिए कि छन् तिनै आमा।।

ramkumarsth538@gmail.com

प्रतिक्रिया