अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 01:50

आईएसआई प्रमुख बग्दादी मारिएको आशंका

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:३७ मा प्रकाशित

अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएसआई) का प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आशंका गरिएको छ । अमेरिकी कमान्डोहरूले उत्तरी सिरियामा आईएसआईका प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आंशका गरिएको हो । अमेरिकी सैन्य श्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले पछिल्लो २४ घन्टामा बग्दादी मारिएको हुन सक्ने भन्दै समाचार दिएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले आइतबार अमेरिकी राष्ट्रपतिले महत्वपूर्ण जानकारी गराउने मात्र बताएका छन् । अरु समयमा सूचना चुहाउन निकै सक्रिय रहने राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं पनि शनिबार रातिको आफ्नो ट्वीटमा, ‘एउटा ठूलो घटना भर्खरै भएको छ ’ मात्र भन्नुभएको छ ।

राष्ट्रपति ट्रम्पको ट्वीट उत्तरी सिरियामा गरिएको विशेष सैन्य अपरेशनमा बग्दादी मारिएको हुनसक्नेतर्फ लक्षित रहेको आशंका गरिएको हो । गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेपनि पछि बग्दादी स्वयं एक भिडिओमार्फत सार्वजनिक भएका थिए ।

अमेरिकाले सन् २०११ मा बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गरेको थियो । सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइएसआईले लामो समयदेखि आतकंवादी गतिविधि चलाउँदै आएको छ ।

६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा २५९ जना मारिने गरी गराइएको घटनाको पनि जिम्मेवारी आईएसआईले नै लिएको थियो । सन् २०१० मा इराकमा अलकाइदा नेताका रूपमा देखिएका उनले नै पछि अरु आतकंवादी समूहलाई पनि मिलाएर इस्लामिक स्टेटको गठन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू