अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 22:45

बंगलादेशमा छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदन्डको सजाँय

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:५१ मा प्रकाशित

बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदन्डको सजाय सुनाएको छ । १९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटरको दूरीमा रहेको फेनी नगरमा उनको हत्या भएको थियो । उनको मृत्युलाई आत्महत्या देखाउने प्रयाससमेत गरिएको थियो ।

नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी प्रधानाध्यापक र उनका दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ । मृत्युदन्डको सजाय सुनाइएकाहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत छन् । बंगलादेशमा यस्ताखालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेपनि नुसरतको मुद्दा भने निकै छिटो टुंगिएको छ । नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चाररपाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । शरीरको ८० प्रतिशत जलेको नुसरतको घटनाको चार दिनपछि मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू