नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी (टोरनेडो) आएको छ । आँधीबेरीबाट बस्ती अन्धकारमय भएको छ । आइतबार राती ९– ३० बजे बाट आएको आँधिबेरी (टोर्नेडो) १ लाख घरहरु प्रभावित भएका छन् । आँधीमा परेर घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने मानवीय क्षतिबारे विवरण प्राप्त हुन सकेको छैन । आँधीमा परी कम्तीमा ४ जनााके ज्यान गएको बताईएपनि यसको आधिकारीक पुष्टि हुन सकेको छैन ।
आँधीका कारण ठुला भवनहरुमा समेत क्षति पुगेको छ भने रुख र बिजुली बत्तीका खम्बाहरु ढलेका छन् भने ड्यालसको फोर्ट वर्थ क्षेत्रमा निकै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । सोही क्षेत्रमा १ लाख घरमा विद्युत सेवा अवरुद्ध भएको छ । सरकारले आँधी प्रभावित क्षेत्रका विद्यालय र विश्वविद्यालय समेत केही दिनका लागि बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ । सोमबार बिहानदेखि प्रहरीहरु प्रभावित क्षेत्रमा पुगेर उद्धार जुटिरहेका छन् ।