अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 02:32

न्यूयोर्कका चर्चित युवा गायक रोकेश गुरुङको ‘परी’ गीत सार्वजनिक,कलाकार प्रियङ्का कार्कीको साथमा

विजय थापा २०७६ कार्तिक १ गते ६:३० मा प्रकाशित

डिसी । विश्वकै सम्राट् राज्य न्यूयोर्कमा बस्दै आएका चर्चित युवा गायक रोकेश गुरुङको ‘परी’गीत गत अक्टोबर ८ दशैको दिन सार्वजनिक भएको छ । उनले उक्त परी गीत उनको आउँदै गरेको प्रथम एल्बम मायाबाट निकाली सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा नेपाली चलचित्रकी नायिका प्रियङ्का कार्कीको अभिनय गरेकी छिन् । स्मरण रहोस्, गुरुङले गत वर्ष सन् २०१८ को भ्यालेन्टाइन डे फेब्रुअरी १४ का म सक्दिन नामक गीत सार्वजनिक गरेका थिए ।

परी गीतमा शब्द तथा सङ्गीत स्वयम् गायक रोकेश गुरुङको रहेको छ । यसै गरी अवधारणा तथा निर्देशन स्वयम् गायक रोकेश गुरुङ तथा कुञ्चोक शेर्पाले गरेका छन् । ध्वनि सम्मिश्रण दिवस गुरुङले गरेका छन् भने सम्पादन तथा रङ्ग श्रेणी करण (ग्रेडिङ) कुन्चोक शेर्पाले गरेका छन् ।

उत्पादन हाम्रोकिल्कको रहेको छ भने उत्पादन सहायकहरूमा बिजे गुरुङ तथा सञ्जय घले रहेका छन् । गुरुङ गायक,रचनाकार, डिजे,सङ्गीतकार, गिटारिस्ट, व्यवसायी, कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक पनि हुन् । अमेरिकाको मिनेसोटाबाट एमबिए गरेका गुरुङ मिनेसोटामा रहँदा नेपलिज स्टुडेन्ट एसोसिएसनका अध्यक्ष समेत रहेका थिए ।

गायक गुरुङ हाल लुक्सो कम्पनी महा प्रबन्धक तथा मनाङ समाज युएसएका अध्यक्ष समेत हुन् । यसको अतिरिक्त गुरुङ चर्चित डिजे पनि हुन् भने अमेरिकामा नेपाली सुप्रसिद्ध कलाकारहरू फिरोज श्याङ्गदेन ,एड्रिएँन प्रधान ,नरेन लिम्बु तथा दिवस गुरुङका साङ्गीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् ।

कलाकारको साथै गुरुङ समाजसेवी पनि हुन् भने नेपालमा अन्धा बालबालिका तथा सडकमा हिडडूल गर्ने बालबालिकालाई सहयोग गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू