अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 10:20

कविता वाचन तथा साहित्यकार आचार्य प्रभाको ‘मायाको नाकाबन्दी’ लोकार्पण सम्पन्न

बिआरटीनेपाल २०७६ असोज १३ गते ८:१९ मा प्रकाशित

कोलोराडो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा कविता वाचन तथा साहित्यकार/ गीतकार आचार्य प्रभाको गीत सङ्ग्रह ‘मायाको नाकाबन्दी’को लोकार्पण गर्ने कार्यक्रम सम्पन्न गरियो । अनेसास, कोलोराडो च्याप्टरको २०१९/२० कार्यकालको लागि नवगठित कार्य समितिद्वारा आयोजित यस पहिलो कार्यक्रमको सुरुवात समितिका उपाध्यक्ष मिना पौडेलको स्वागत भाषणबाट भएको थियो । यसको लगत्तै कविता/ गजल वाचनको कार्यक्रम अगाडि बढाइएको थियो । यसरी कविता वाचन गर्ने साहित्यकारहरूमा किरण अधिकारी, छवि रसाइली, राम प्रसाद मरासैनी, निर्मला अर्याल र साबु गदाल कार्की हुनुहुन्थ्यो ।

तत्पश्चात् अनेसास केन्द्रका पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, अनेसास बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष तारा अधिकारी, अनेसास बोर्ड अफ ट्रष्टिजका सदस्य डा. विजयराज शर्मा, अनेसास कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष कृष्ण मुरारी, समाजसेवी बुद्धिजीवी रमेश गुरुङ, गीतकार साबु गदाल, निबर्तमान अनेसास कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण्मुरारी ढुङेल तथा साहित्यकार/ गीतकार आचार्य प्रभाद्वारा संयुक्त रूपमा गीत सङ्ग्रह ‘मायाको नाकाबन्दी’को लोकार्पण गर्ने कार्यक्रम सम्पन्न भयो । लोकार्पण गरिएको कृतिमाथि अनेसास केन्द्रका पूर्व अध्यक्ष तथा गीतकार ज्ञानेन्द्र गदालले चर्चा गर्नुभयो भने साहित्यकार/ गीतकार आचार्य प्रभाले आफूद्वारा रचित कृतिको सम्बन्धमा आफ्ना केही शब्दहरू राख्नुभयो । यसै गरी वहाँले आफूद्वारा सिर्जित ‘मायाको नाकाबन्दी’ को २० थान सहयोग स्वरूप अनेसास कोलोराडो च्याप्टरलाई प्रदान गर्नुभयो ।

त्यसै गरी कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष कृष्ण मुरारी ढुङ्गेलले आफ्नो कार्यकालमा प्रकाशित स्मारिका अनेसास कोलोराडो च्याप्टरका वर्तमान अध्यक्ष तारा अधिकारीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई अगाडि बढाउने क्रममा कविता/ गजल / कथा वाचन गर्ने साहित्यकारहरूमा पदम विश्वकर्मा, केशव आचार्य, निर्मल प्याकुरेल, रमेश गुरुङ, मनोज काजी तुलाधर (गीत गायन), कृष्ण मुरारी ढुङ्गेल, तारा अधिकारी, डा. विजयराज शर्मा, प्रमीला शर्मा, समीर आचार्य, मिना पौडेल, दामोदर लुइटेल, रमेश कोइराला, वासुदेव खनाल, लाल प्रसाद चौलागाईं, राजु सिटौला, हरि राज अधिकारी, देव भट्टराई र इन्दिरा रेग्मी हुनुहुन्थ्यो ।

कार्यक्रममा हालै दिवङ्गत हुनुभएका थ्रन्टन कोलोराडो निवासी सुनिल पौडेलको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।

अन्तमा च्याप्टरको अध्यक्ष तारा अधिकारीले नवगठित कार्यसमितिका पदाधिकारीहरूको परिचय गराउनुको साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैमा धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन किरण अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू