अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५
| Colorodo: 02:00
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न १६ समितिहरु गठन भएको छ । राष्ट्रिय टिम तयारी, खेल स्थल व्यवस्थापन, प्राविधिक, श्रोत साधन परिचालन, सुरक्षा, आवास व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य, प्रचार प्रसार तथा प्रकाशन, समारोह सुरक्षा समिति गठन भएको छ ।
यस्तै स्वयंसेवक परिचालन, अनुगमन, निरीक्षण तथा मुल्यांकन, अतिथि सत्कार, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापन साथै एन्टी डोपिङ समिति रहेका छन् । यी १५ समितिसँगै बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा ५ सदस्यीय स्थानीय व्यवस्था सहजीकरण समिति पनि गठन गरेको छ ।