अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८
| Colorodo: 09:13
चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै पत्रकार रवि लामिछाने र युवराज कँडेलले उच्च अदालतमा निवेदन दिएका छन् ।
केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।