अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 08:08

पलेंटीमा सांगितिक समुह लेकाली

बिआरटीनेपाल २०७६ भदौ १४ गते ७:५९ मा प्रकाशित

नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली लेकालीका गीतहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए । वि.सं. २०२४ सालमा स्थापना भएको लेकालीले समूहको नाममा एकल कन्सर्ट नगरेको लामो समय बितिसकेको थियो । लेकालीले यसअघि २०२८ सालमा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको संझना गरेको छ ।

लेकालीले संगीतकार, गीतकार तथा गायक द्वय गणेश रसिक र हिरण्य भोजपुरेले भरेका धुनहरूलाई गाउने गरेका छन् । उनीहरूका धुनहरू तत्कालिन समसामयिक प्रचलन र लोक धुनमा आधारित हुने गर्छन् । लेकालीले शुक्रबार साँझ तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको ‘आर’शालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा लेकालीका प्रारम्भिक चरणका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको सहभागिता रहेको थियो । लोकप्रिय गीत ‘लहरा पहरा छहराको देश’बाट शुरु भएको कार्यक्रममा लेकाली सदस्यका रोचक प्रसंगहरूले कार्यक्रममा थप रौनक थपेको थियो ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी हाल अन्तिम सप्तान्त( शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू